मे ४, २०२४ का दिन पोखरा जेसीजको समुदाय संग प्रत्यक्ष जोडीएको कार्यक्रम जेसीज सप्ताह को चौथो दिनको कार्यक्रम बृहत निशुल्क स्वास्थ्य तथा दन्त शिविर पोखरा महानगरपालिका वडा नम्बर ३३, शान्तिउदय माबि, बरपाण्डेथुममा संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा र गण्डकी प्रदेश सभा सदस्य श्री भीम कार्कीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
आविश्कार अस्पताल, पोखरा १०, बुद्वचोक, सारा दन्त किल्निक, पोखरा १०, बुद्वचोक र मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोग रहेको कार्यक्रममा लगभग ३०० जना स्थानिय सेवाग्राहीले सेवा लिनुभएको थियो। BYD Car को मुख्य प्रायोजन रहेको र Global IME Bank सह-प्रायोजक रहेको जेसीज सप्ताह कार्यक्रमको पाचौ दिनको कार्यक्रममा जेसीज आस्थापाठ जेसी बिजय बरालले गर्नुभएको थियो। त्यसैगरी जेसी पबित्रा अधिकारी (सर्जी) ले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा मुल संयोजक जेसी श्रीकृष्ण सुनारले जेसीज सप्ताह बारे प्रकास पार्नुभएको थियो। कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी भरतपोखरी उप शाखाका सभापती टुकराज भण्डारी, शान्तिउदय माबिका प्राधानाध्यापक राजेन्द्र बस्टाकोटी, पोखरा महानगरपालिका वडा नम्बर ३३ का वडा सदस्य लिला नेपाली र प्रमुख अतिथि भीम कार्कीज्यूले आफ्नो मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथिको स्वास्थ्य जाच गरेर समुदघाटन गरिएको थियो। उक्त कार्यक्रममा कार्यक्रम संयोजक जेसी ई. रबिन्द्र गोदारले धन्यवाद ज्ञापन गर्नुभएको थियो।