JCI Pokhara द्वारा आयोजित “जेसीज सप्ताहन्त २०२६” (२०८३ बैशाख १८–२० | मे १–३, २०२६) विविध प्रभावकारी, समुदायमुखी तथा नेतृत्व विकासका कार्यक्रमहरूसहित भव्य र सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म सञ्चालन गरिएको यस विशेष कार्यक्रमले युवा सशक्तीकरण, सामाजिक उत्तरदायित्व, स्वास्थ्य सेवा, उद्यमशीलता प्रवर्द्धन तथा सामुदायिक सहकार्यलाई प्राथमिकतामा राख्दै समाजमा सकारात्मक प्रभाव सिर्जना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

🔹 पहिलो दिन
कार्यक्रमको पहिलो दिन Pokhara Metropolitan City Ward No. 5 सँगको सहकार्यमा सप्ताहन्त कार्यक्रमको औपचारिक उद्घाटन गरिएको थियो। उद्घाटनसँगै “वित्तीय साक्षरता तथा उद्यमशीलता विकास तालिम” सञ्चालन गरिएको थियो, जसमा ६० जना युवाहरूको सक्रिय सहभागिता रहेको थियो। तालिममार्फत सहभागीहरूले वित्तीय व्यवस्थापन, बचत तथा लगानीका आधारभूत पक्ष, व्यवसाय सञ्चालनका अवसर तथा चुनौतीहरू, उद्यमशील सोचको विकास, साथै Artificial Intelligence (AI) को वर्तमान प्रयोग र सम्भावनाबारे व्यवहारिक तथा समसामयिक ज्ञान हासिल गरेका थिए।




🔹 दोस्रो दिन
दोस्रो दिन Madi Rural Municipality Ward No. 9, मिजुरेमा “बृहत् निःशुल्क आँखा शिविर” सम्पन्न गरिएको थियो। Himalayan Eye Hospital को प्राविधिक सहयोग, मादी गाउँपालिकाको सहकार्य तथा Nabil Bank को प्रायोजनमा सम्पन्न उक्त शिविरबाट २३२ जना स्थानीय प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। शिविरमा आँखासम्बन्धी परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरिएको थियो। साथै, मोतिबिन्दु पहिचान भएका १५ जना सेवाग्राहीलाई निःशुल्क शल्यक्रिया सेवाको व्यवस्था गरिएको छ, जसले ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण योगदान पुर्याएको छ।


🔹 तेस्रो दिन (विहान)तेस्रो दिन बिहान Nepal Red Cross Society Kaski सँगको सहकार्यमा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू, समाजसेवी तथा सदस्यहरूको उत्साहजनक सहभागिताबाट ३२ युनिट रगत संकलन गरिएको छ। यस कार्यक्रमले मानवीय सेवाप्रति संस्थाको प्रतिबद्धता तथा सामाजिक उत्तरदायित्वलाई थप मजबुत बनाएको छ।

🔹 तेस्रो दिन (दिउँसो)तेस्रो दिन दिउँसो पोखरा सेन्ट्रल ओसिसमा “Business Idea Pitching – Grand Final” कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको थियो। विभिन्न चरण पार गर्दै अन्तिम प्रतिस्पर्धामा पुगेका ४ उत्कृष्ट टिमहरूबीच नवप्रवर्तन, व्यवसायिक सम्भावना, प्रस्तुतीकरण क्षमता तथा समस्या समाधानका आधारमा प्रतिस्पर्धा सम्पन्न भएको थियो। प्रतिस्पर्धामा Team Brewcycle ले ४७ अंक प्राप्त गर्दै विजेता बन्न सफल भएको थियो भने Team Fully Charged Nepal Enterprise ले ४६ अंकसहित उपविजेता स्थान हासिल गरेको थियो। उक्त कार्यक्रम Mauri Ventures सँगको सहकार्यमा आयोजना गरिएको थियो, जसले युवा उद्यमशीलता र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने उद्देश्यलाई थप सशक्त बनाएको छ।







🔹 उक्त कार्यक्रम Mauri Venturesसँगको सहकार्यमा सम्पन्न गरिएको थियो।
समापन समारोहमा विभिन्न प्रायोजक संस्था, छिमेकी शाखाका अध्यक्षहरू, पूर्व अध्यक्षहरू, विशिष्ट अतिथिहरू तथा सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सरकारका कृषी, भूमि व्यवस्था तथा सहकारी मन्त्री Bhim Bahadur Karki रहनुभएको थियो। उहाँले युवाहरूको नेतृत्व विकास, उद्यमशील सोच तथा सामाजिक सेवामार्फत समुदायमा सकारात्मक परिवर्तन ल्याउन यस्ता कार्यक्रमहरूको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गर्नुभयो।


“जेसीज सप्ताहन्त २०२६” ले नेतृत्व विकास, सामाजिक उत्तरदायित्व, स्वास्थ्य सेवा, युवा उद्यमशीलता तथा सामुदायिक प्रभाव सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको विश्वास गरिएको छ। कार्यक्रमको सफलतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी संस्था, प्रायोजक, अतिथि, स्वयंसेवक तथा सहभागीहरूप्रति JCI Pokhara हार्दिक आभार व्यक्त गर्दछ।
