Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

पोखरा जेसीजलाइ नेपाल जेसीजको सर्बोत्कृष्ट शाखाको उपाधि द्वारा सम्मान

30 December 2024

युवा हरुको नेतृत्व र व्यक्तित्व बिकास गर्ने सस्था पोखरा जेसीज नेपाल जेसीजको सर्बोत्कृष्ट शाखाको उपाधि सहित सम्मानित भएको हो।

हालै इटहरीमा सम्पन्न नेपाल जेसीजको ५१ औ राष्ट्रिय महाधिबेशनमा पोखरा जेसीजले सो उपाधि सहित १०० % efficiency अवार्ड समेत प्राप्त गर्न सफल भएको हो। नेपाल जेसीजको छैटौ जेठो शाखाको रुपमा सन् १९७५ स्थापित पोखरा जेसीजले बर्ष २०२४ मा स्वर्ण जयन्ति बर्ष मनाइरहदा दिगो बिकासका लागि युवा नेतृत्व प्रकरणमा रही बर्षभरि सम्पादन गरेको कार्य प्रगतिको मूल्यांकनको आधारमा सम्मान गरेको  हो।

युवा लक्षित सोच देखि उद्यमशिलाता, स्वर्ण जयन्ति बिशेष समारोह, मिस पोखरा २०२४, गण्डकी युवा बक्ता बक्तित्वकला प्रतियोगिता, राष्ट्रिय स्तरका प्रकरण गोष्टि, अन्तरक्रिया कार्यक्रम लगायत दर्जनौ युवा, ब्यबसायी, बिद्यार्थी लगायत समग्र समुदाय लक्षित कार्यक्रम गर्न सफल भइ नेपाल जेसीज र अन्तरास्ट्रिय जेसीज्मा समेत उल्यख्य योगदान बापत पोखरा जेसीजलाइ नेपाल भरिका १७८ वटा शाखाहरु मध्यको सर्बोत्कृष्ट शाखाको उपाधि प्रदान गरेको हो। सो संगै राष्ट्रिय बक्त्रित्वकलामा दोश्रो स्थान संगै उत्कृष्ट कोषाध्यक्षको उपाधि समेत पोखरा जेसीजले हात पार्न सफल भएको छ।

प्रधानमन्त्री केपी शर्मा वोली को प्रमुख आतिथ्यतामा सम्पन्न नेपाल जेसीजको ५१ राष्ट्रिय महाधिबेशनले बर्ष २०२५ का लागि रजनी थापाको नेतृत्वमा २१ सदस्यीय नेपाल जेसीजको नया कार्यसमिति समेत निर्बाचित गरेको छ।

Leave a Reply