नोभेम्बर २२, २०२४ का दिन पोखरा जेसीज बर्ष २०२४ को अध्यक्षीय प्रकरण दिगो बिकासका लागि युवा नित्रित्व बिषयक प्रकरण गोष्टि सम्पन्न सम्पन्न भएको छ।
पोखरा जेसीजको ४५ औ शाखा अधिबेशन तथा ५० औ साधारण सभाको अबसरमा सो गोष्टि सम्पन्न भएको हो। नेपाल सरकारका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार, पुर्ब गभर्नर, पूर्ण अर्थ मन्त्रि, पुर्ब योजना आयोगका उपाध्यक्ष अर्थविद डा युबराज खतिवडा प्रमुख बक्ता रहेको सो कार्यक्रमका अर्का ब्यक्ता प्रतिनिधि सभा सदस्य डा चन्द्र भण्डारी रहेका थिए भएन सो प्रकरणमा कार्यपत्र प्रस्तुत कर्ता अस्ट्रेलियाका लागि पूर्व राजदुत, नेपाल जेसीजका पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर महेश राज दाहाल रहेका थिए।
दिगो बिकासका १७ लक्षहरु हरु नेपालका योजनामा समाविष्ट गर्न डा खतिवडाको भूमिका सहित सरकारले अगाडी सारेका योजनामा सर्बपक्षीय साथ् र सहयोग जुटाउन जेसीज युवाको भूमिका महत्वपुर्ण रहेको हुदा युवाका कर्महरु सधै सकारात्मक हुनु पर्ने कुरामा जोड दिनु भएको थियो भने विदेश पलायन हुने युवा पिडीलाई स्वदेशमा रहन अनुकुल बाताबरण बनाउन जेसीजले अभियान थाल्नु पर्ने कुरामा जोड दिदै डा भण्डारीले आफ्नो भनाइ प्रस्तुत गर्नु भएको थियो। साथै दिगो बिकासको अर्थ, बिकास, वर्तमान अबस्थाको विश्लेषण सहित दिगो बिकासमा जेसीजको भूमिका र पोखरा जेसीजले बर्ष २०२४ मा गरेका कार्यक्रम प्रकरण सान्दर्भिकता मा समेत केलाउदै महेश राज दाहालले कार्यपत्र सहितको भनाइ प्रस्तुतु गर्नु भएको थियो ।
पोखरा जेसीजका अध्यक्ष जेसी अधिबक्ता देबराज शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा पहिलो चरणमा कार्यपत्र माथि बिचार गोष्टि बिज्ञ बक्ता मार्फत प्रस्तुति र कार्यपत्र माथि बहस गरिएको थियो भने दोश्रो चरणमा उपस्थित उद्योगी, ब्यबसायी र सर्बसाधारणहरु बिचमा अन्तरक्रिया समेत गरिएको थियो। पोखरा उद्योग बाणिज्य संघ, पोखरा चेम्बर अफ कमर्स, पर्यटन परिषद लगायत विभिन्न संघ सस्थाका नेतृत्व र प्रतिनिधिहरु सहित पोखरा जेसीजका पुर्ब अध्यक्ष, पदाधिकारी, सदस्यलगायत पोखरा लेडी जेसीज, लेखनाथ जेसीज सहित पोखरा र आसपासका युवा उधमिहरुको उल्लेख्य उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको हो। पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माको नेतृत्वमा बर्ष २०२४ का कार्यहरु Youth Leadership for Sustainable Development यानिकी दिगो बिकासका लागि युवा नेतृत्व प्रकरण भित्र रहेर सम्पन्न भएका थिए। पोखरा जेसीजका प्रकरण निर्देशक बिजय बरालले संचालन गर्नु भएको सो कार्यक्रममा आफ्नो प्रकरण र सो गोष्टीको सारंश संक्षेपीकरण सहित आफ्नो अध्यक्षीय भनाइ सहित सो गोष्टि सम्पन्न गरियको थियो।