मिति २०८१ साल कात्तिक १० गते मिस पोखरा २०२४ को Grand Finale समारोह सम्पन्न भएको छ। ११ अौ संस्करणको Miss Pokhara को ताज Shristi Khadka ले जित्न सफल भएकी छन भने First Runner up Rekha Gaire र Second Runner up Jeshika B. Ghimire ले जित्न सफल भएका छन।


पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सामाजिक बिकास, युवा तथा खेलकुद मन्त्री माननिय बिन्दु कुमार थापा रहनु भएको थियो। Grand Finale मा Judge Panel मा The Hidden Treasure का निर्देशक सुवर्ण क्षेत्री (Chief Judge), कलाकार द्वय सरोज खनाल र एलिजा गौतम, पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर किरण के सी, ईक्यान नेपालका अध्यक्ष शेषराज भट्टराई, पुर्व गण्डकी प्रदेश सभा सदस्य मिना गुरूङ र हिसानका केन्द्रिय सचिव डा. राम्जी शर्मा रहनु भएको थियो। उक्त कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक जसी श्रीकृष्ण सुनारले गर्नुभएको थियो।



Leave a Reply
You must be logged in to post a comment.