मे ५, २०२४ का दिन पोखरा जेसीजको महत्वपुर्ण र समुदायसंग प्रत्यक्ष जोडीएको कार्यक्रम जेसीज सप्ताहको पाचौ दिन पोखरा १८, सराङकोटमा अवस्थित मणिज्योति आधारभुत विधालयमा लाईबेरी स्तरोन्नती संगै कम्प्युटर, खेलकुद, शैक्षीक सामाग्री र बिधालय पोशाक बितरण कार्यक्रम संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षता र पोखरा महानगरपालिका वडा न. १८ का वडा अध्यक्ष श्री शिव प्रसाद तिमिल्सीनाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।

कार्यक्रममा पोखरा जेसीजका पुर्व अध्यक्षहरू जेसी मिनराज खड्का, सिनेटर ई किरण केसी, पोखरा जेसीज स्वर्ण जयन्ति समारोह समितिका मुल संयोजक सिनेटर सुवास सिग्देल, मिस पोखरा २०१८ का बिजेता सारा बजीमय, विधालयका प्राधानाध्यापक क्षेत्र बहादुर भुजेल, बिधालय व्यवस्थापन समितिका अध्यक्ष शिवराम थापा, पोखरा जेसीजका निवर्तमान अध्यक्ष जेसी गणेश गिरी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा जेसीज आस्थापाठ को अगुवाई जेसी सञ्जय पौडेलले गर्नुभएको थियो भने स्वागत मन्तव्य कार्यक्रम संयोजक जेसी राजकुमार गुरूङले गर्नुभएको थियो।
पोखरा जेसीजको स्वर्ण जयन्तिको अबसरमा मणिज्योति आधारभूत बिद्यालय ग्रहणगर्ने सम्झौता अनुरुप विद्यालयको लागि आबस्यक पर्ने शैक्षिक, पोशाक, लाइब्रेरी, खेलकुद, कम्प्युटर लगायतका सामग्री सहित पोखरा जेसीजले बिध्यलयमा नै पुगी हस्तान्तरण गरेको हो।


Leave a Reply
You must be logged in to post a comment.