Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

जेसीज सप्ताह २०२४ को दोस्रो दिन महिला सशक्तिकरण तथा प्रभावकारी सार्वजनिक भाषणकला तालिम

30 December 2024

मे २, २०२४ का दिन पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम जेसीज सप्ताह २०२४ को दोस्रो दिन महिला सशक्तिकरण तथा प्रभावकारी सार्वजनिक भाषणकला तालिम पोखरा महानगरपालिका वडा न. १० कार्यलयको आयोजना तथा पोखरा जेसीको सहकार्य तथा व्यवस्थापनमा वडा कार्यलयको सभाहलमा पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षता र पोखरा महानगरपालिका वडा न. १० का वडा अध्यक्ष श्री राजेश गुरूङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।


१० नम्वर वडा का बिभिन्न संघसस्थाहरूका सचिवहरूलाई लक्षित तालिममा वडा सदस्य श्री नरमाया गुरूङज्यूले स्वागत मन्तव्य राख्नुभएको थियो भने जेसीज सप्ताहका मुल संयोजक जेसी श्रीकृष्ण सुनारज्यूले कार्यक्रम बारे प्रकास पार्नुभएको थियो। तालिममा पोखरा जेसीजकाअध्यक्ष जेसी देवराज शर्माले बैठकमा पत्राचार र माइनुट लेखन सम्बन्धि, निवर्तमान अध्यक्ष जेसी गणेश गिरीले सार्वजनिक भाषण कला सम्बन्धि र प्रकरण निर्देशक बिजय बराल ले उद्घोषण सम्बन्धि बिषयमा प्रशिक्षण प्रदान गर्नु भएको थियो। साथै सो कार्यक्रममा बैंकिंग सम्बन्धि परामर्श ग्लोबल आइएमइ बैंक बाट बैकिङ्ग साक्षरताको बिषयमा समेत प्रशिक्षण प्रदान गरिएको थियो। कायक्रममा सहभागिहरूलाई कार्यक्रमको अन्त्यमा प्रमाणपत्र प्रदान गरिएको थियो भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसी कमलराज पराजुलिले गर्नु भएको थियो।

  

 

Leave a Reply