Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

पोखरा जेसीज बर्ष २०२४ को जेसीज विकको समुद्घाटन तथा रक्तदान कार्यक्रम सम्पन्न

30 December 2024

मे १ २०२४ का दिन पोखरा जेसीज बर्ष २०२४ को जेसीज विकको समुद्घाटन तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम जेसीज सप्ताहको पहिलो दिन खुल्ला रक्तदान तथा जेसीज सप्ताहको समुदघाटन कार्यक्रम पोखरा जेसीजको सचिवालय, पोखरा ११, पुरानोधारामा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष श्री प्रेम प्रसाद कर्माचार्य रहनु भएको थियो। उक्त कार्यक्रममा ४७ युनिट रगत संकलन भएको थियो। सो कार्यक्रमको प्रमुख अतिथिमा पोखरा महानगरपालिका वडा न ११ का ओडा अध्यक्ष प्रेम कर्माचार्य रहनु भएको थियो। प्रमुख अतिथि कर्माचार्यले रक्तदान एउटा पबित्र कार्य भएको र एउटा स्वस्थ मानिसले नडराई रगत दान गर्न पर्नेमा जोड दिनु भयो। उक्त कार्यक्रममा पोखरा जेसीजका पुर्व अध्यक्ष सिनेटर ईश्वर प्रसाद कर्माचार्य, मिस पोखरा २०१८ सारा बजिमय, रक्तसञ्चार केन्द्र रामघाटका प्राबिधिक महेन्द्र केसी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। पोखरा जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा जेसीज सप्ताहका मुल संयोजक जेसी श्रीकृष्ण सुनारले जेसीज सप्ताहका बारेमा प्रकाश पार्नु भएको थियो भने कार्यक्रममा जेसीज आस्थापाठ जेसी सरोज पौडेल र स्वागत मन्तव्य जेसी पबित्रा अधिकारीले गर्नुभएको सो कार्यक्रमको संयोजन जेसी शुसान्त पराजुलीले गर्नुभएको थियो।

 

 

Leave a Reply