सन् १९७५ मा स्थापित भई सक्रिय युवा नागरिकहरुलाई विधिको शासन, विश्व बन्धुत्व, आर्थिक न्याय र मानवताको सेवा सँग समाहित गर्दै युवाहरुमा नेतृत्व र व्यक्तित्व विकास गरी समाजमा योग्य नागरिक स्थापित गर्न सक्षम पोखरा जेसीजको ५० औँ बार्षिकोत्सव था स्वर्ण जयन्ति समुद्घाटन समारोह भब्य रुपमा सम्पन्न भएको छ ।
पोखरा जेसीजको स्वर्ण जयन्ती समुद्घघाटन समारोह, झण्डात्तोलन र स्वर्ण जयन्ती बिशेष स्तम्भ अनावरण कार्यक्रम मिति २०८० साल चैत्र २९ गते पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माको अध्यक्षता र पोखरा महानगरपालिका प्रमुख श्री धनराज आचार्यज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। पोखरा जेसीजको स्थापनाको ५० बर्ष पुगेको अवसरमा अप्रिल ११, २०२४ देखी अप्रिल ११, २०२५ सम्म बार्षिक रूपमा समुदाय लक्षित बिभिन्न कार्यक्रमहरू गरेर मनाउने क्रममा हिजो स्वर्ण जयन्ती समारोहको भव्य रूपमा मेयर आचार्यले उद्घघाटन गरेका हुन।
पोखरा जेसीको सचिवालय, पोखरा ११, रानिपौवामा क्रमश नेपालको राष्ट्रिय झण्डा, जेसीजको झण्डा र पोखरा जेसीजको स्वर्ण जयन्ती बिशेष झण्डा प्रमुख अतिथि पोखरा महानगर पालिकाका प्रमुख मेयर धनराज आचार्य, नेपाल जेसीजका अध्यक्ष जेसीआई सिनेटर रविन पोख्रेल र जेसीआई का उपाध्यक्ष जेसीआई सिनेटर कोहे ओएले झण्डात्तोलन गर्नुभएको थियो।
झण्डोत्तोलन कार्यक्रम पछि मेयर आचार्यले पोखरा जेसीजका संस्थापकहरू, पुर्व अध्यक्षहरू, छिमेकी शाखाका अध्यक्षहरू, पोखरा जेसीजका पुर्व सदस्यहरू र बिभिन्न संघसंस्थाहरूका प्रतिनिधिहरूको उपस्थितिमा पोखरा जेसीजको परिसरमा स्वर्ण जयन्ती बिषेश स्तम्भको अनावरण गर्नुभएको थियो। स्तम्भ अनावरण पछि पोखरा जेसीजको सचिवालय बाट प्रमुख अतिथि, बिशिष्ट अतिथिहरू, पोखरा जेसीजका संस्थापकहरू, पुर्व अध्यक्षहरू र सम्पुर्ण बिशिष्ट पाउनाहरू संमिलित र्यालि कार्यक्रम स्थल रञ्जित ईभेन्ट सेन्टर, रानिपौवामा पुगेको थियो।
कार्यक्रमको उद्घघाटन प्रमुख अतिथि मेयर धनराज आचार्य, बिशिष्ट अतिथि जेसीआईका उपाध्यक्ष सिनेटर कोहे ओए र नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेल ले संयुक्त रूपमा पोखरा जेसीजको स्वर्ण जयन्तीको लोगो, पिन र स्वर्ण जयन्ती लोगो अंकित चादीको सिक्का अनावरण गरेर गर्नुभएको थियो। कार्यक्रममा पोखरा जेसीका संस्थापकहरू र पुर्व अध्यक्षहरूलाई सम्मान गरिएको थियो। उक्त कार्यक्रममा पोखरा जेसीज स्थापनाकाल देखी बर्तमान सम्मका बिभिन्न महत्वपुर्ण कार्यक्रमहरू, घटनाक्रमहरू, समुदाय संग सहकार्यमा निर्माण गरिएका भौतिक एवं सामाजिक संरचनालाई समेटेर भिडियो प्रतुत गरिएको थियो। कार्यक्रमलाई संबोधन गर्दै मेयर आचार्यले पोखरा निर्माण र बिकासमा स्थापना काल देखी नै पोखरा जेसीजको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो। कार्यक्रममा जेसीआईका उपाध्यक्ष सिनेटर कोहे ओएले पोखरा साच्चिकै सुन्दर रहेको बताउदै पोखरा जेसीजले निर्माण गरेको ईतिहास साच्चिकै प्रसंशनिय रहेको बताउनु भयो।
नेपाल जेसीजका अध्यक्ष सिनेटर रविन पोख्रेलले युवाहरूको नेतृत्व र व्यक्तित्व क्षमता बिकासमा पोखरा जेसीजको भुमिका प्रसंशनिय रहेको बताउनु भयो। कार्यक्रममा पोखरा जेसीजका संस्थापक सदस्य तथा पुर्व अध्यक्ष श्री आनन्दराज मुल्मी, पोखरा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसीजका पुर्व राष्ट्रीय अध्यक्ष सिनेटर हरिकृष्ण बास्तोला, नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष तथा जेसीआईका पुर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर सन्तोष रिजाल, रोटरी ईन्टरनेशनल डिष्ट्रक ३२९२ का डिष्ट्रक गभर्नर नोमिनि बिनोद कोईराला, लायन्स क्लव ईन्टरनेशनल ३२५ के का डिष्ट्रक गभर्नर सुचित्रा थापा, कपन जेसीजका अध्यक्ष जेसी गायत्रा कुमारी बिसी लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो। कार्यक्रममा स्वर्ण जयन्ती समारोहका मुल संयोजक सिनेटर सुवास सिग्देलले स्वागत मन्तव्य सहित बार्षिक कार्यक्रमहरूका बारेमा प्रकास पार्नु भएको थियो। पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले आफ्नो मन्तव्य राख्दै संथापकहरू र पुर्वअध्यक्षहरूको अतुलनीय योगदानले आज पोखरा जेसीजले समाजमा छुट्टै पहिचान बनाएको बताउदै कृतज्ञता व्यक्त गर्नुभयो। कार्यक्रममा पोखरा जेसीजका छिमेकी शाखाहरू पोखरा लेडि जेसीज, लेखनाथ जेसीज, वालिङ्ग जेसीज, बाग्लुङ जेसीज, म्याग्दी जेसीज, लमजुङ जेसीज, शुक्लागण्डकी जेसीज, व्यासनगर जेसीज, भानुबन्दिपुर जेसीज, कपन जेसीज लगायत शाखाहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा धन्यवाद ज्ञापन उद्घघाटन सत्र समारोहका संयोजक सिनेटरशिव सुवेदीले गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन पोखरा जेसीजका महासचिव जेसी तिलक प्रसाद लामिछानेले गर्नुभएको।