जेसीआइ पोखरा – “साथी” छात्रबृत्ति कोष घोषणा

पोखरा जेसीजको ४७औँ बार्षिकोत्सवको अवसर पारी मिति २०२१ अप्रिल ११ का दिन पोखरा जेसीज बर्ष २०२१ का अध्यक्ष जेसी ई. किरण के.सीद्वारा “जेसीआइ पोखरा- साथी छात्रबृत्ती” कार्यक्रम घोषणा गरिएको छ ।अध्यक्ष के.सीका इन्जिनियरिङ अध्ययनका सहपाठिहरु मिलेर के.सी कै पहलमा स्थापित कोष पोखरा जेसीजले बर्सेनि सामुदायिक माध्यमिक तहका विद्यार्थीलाई प्रदान गर्ने गरि छात्रवृत्ति कार्यक्रम घोषणा गरिएको हो ।
 
एक लाख बीस हजार रुपैयाँको कोष रहने छात्रबृत्ती कार्यक्रममा अध्यक्ष के.सी सहित चितवनका अमित ढुङ्गाना, लमजुङका विमल बराल र राजिव अधिकारी, नेपालगञ्जका सचिन सापकोटा, बुटवलका सन्तोष अधिकारी र पोखरा नदिपुरका रितेश द्वा को संयुक्त सहयोगमा रकम संकलन गरी कोष घोषणा गरिएको हो । आगमी दिनमा थप सहयोग सहित छत्रबृत्ति कोष अझ प्रभावकारी बनाउने अध्यक्ष ज्युले बताउनु भएको थियो ।

Leave a Reply