
पोखरा जेसिज बर्ष २०२४ को शाखा पदाधिकारी तालिम ६ जनवरी २०२४ का दिन पोखराको लेकसाइड स्थित पोखारा बाटिका रिसोर्ट मा सम्पन्न भएको छ। दिगो बिकासका लागि युवा नेतृत्व प्रकरणका साथ बर्ष २०२४को कार्यकाल शुभारम्भ गरेको हो । पोखरा जेसिज बर्ष २०२४ का अध्यक्ष जेसी देबराज शर्माको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख प्रशिक्षक पोखरा जेसिज बर्ष २००९ का अध्यक्ष श्री बिसेश्वोर आचार्य रहनु भएको थियो भने अर्को प्रशिक्षकमा पोखरा जेसिज बर्ष २०१२ का अध्यक्ष श्री सन्तोष पोख्रेल रहनु भएको थियो।

पोखरा जेसिज बर्ष २०२४ का नब निर्बाचित पदाधिकारीहरुलाई पदिय दायित्व बोध गराउने यस कार्यक्रममा पोखरा जेसिजका पुर्ब अध्यक्ष जेसी गोबिन्द प्रसाद देबकोटा, सिनेटर शिब सुबेदी र पोखरा लेडी जेसिज २०२४ का अध्यक्ष जेसी गायत्री फुयालको समेत सहभागिता रहेको थियो। सस्थाका महासचिब जेसी तिलक प्रसाद लामिछानेले संचालन गर्नु भएको सो कार्यक्रमको स्वागत मन्तब्य मिना कुमारी थापाले ब्यक्त गर्नु भएको थियो।


Leave a Reply
You must be logged in to post a comment.