मिति २०८१ साल आश्विन १ गते यानिकि १७ सेप्टेम्बर २०२४ नेपाल जेसीजको ६० अौ स्थापनाको दिवसको शुभ अवसरमा पोखरा जेसीजको आयोजनामा पोखरा ६ लेकसाईड स्थित होटल गोल्डेन गेटमा JCI Mission बिषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष तथा पोखरा जेसीजका पुर्ब अध्यक्ष सिनेटर रबिन्द्र गुरूङज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माले गर्नुभएको थियो। पोखरा जेसीजका महासचिब तिलक लामिछानेले संचालन गर्नु भएको सो कार्यक्रममा अस्थ पाठको अगुवाई अस्थाई सदस्य डम्बर खडयातले गर्नु भएको थियो भने उपाध्यक्ष मिना कुमारी थापाले स्वागत मन्तब्य राख्नु भएको थियो। अन्तरक्रियात्मक रुपमा संचालित यस कार्यक्रममा नया सदस्यले जेसिआइ मिसन सम्बन्न्धि आफ्नो धारणा र जिज्ञासा राखेका थिए भने प्रमुख अतिथि र अध्यक्ष देबराज शर्माले सो जिज्ञासा मेटाउनु भएको थियो।



Leave a Reply
You must be logged in to post a comment.