Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

JCI Nepal Business Academy – २०२४ पोखरा जेसीजको आतिथ्यतामा भब्य समारोह बीच सम्पनन्न

31 August 2024

मिति २०८१ साल भद्र १० तदनुसार २६ अगष्ट २०२४ का दिन पोखरा जेसीजको स्वर्ण जयन्तिको अबसरको महत्वोपूर्ण कार्यक्रम
JCI Nepal Business Academy – २०२४ पोखरा जेसीजको आतिथ्यतामा यहि मिति २०८१ भद्र ७ देखि १० यानिकी अगष्ट २३ -२६ भब्य समारोह बीच सम्पनन्न भएको छ।


गण्डकी प्रदेशका प्रदेश प्रमुख माननीय डिल्लीराज भट्ट ज्युको प्रमुख आतिथ्यतामा समुद्घाटन भएको सो एकेडेमीमा देश भर बाट उपस्थित ६२ जना युवा उद्दमीहरु दीक्षित भएका छन्। अन्तरास्ट्रिय स्तरका प्रशिक्षक हिमाद्री शैलेन्द्र सिंह प्रमुख प्रशिक्षक, सीए चेतना जैन र राजिब गौतम को प्रशिक्षणमा सम्पन्न यस समारोहमा राष्ट्रिय र अन्तरास्ट्रिय स्तरका कर्पोरेट कम्पनि हरुको र प्रतिष्ठित ब्यबसायीहरुको समुपस्थितिमा Business Firetalk show , Business Exchange, Gala dinner लगायतका जेसिआइ स्तरका विभिन्न कार्यक्रम हरु मार्फत प्रशिक्षार्थीहरुलाई ज्ञान, सिप र अनुभबले निर्खार्ने कार्यलाइ प्राथमिकताका साथ प्रस्तुत गरिएको थियो।


जेसिआइ नेपालका रास्ट्रिय अध्यक्ष सिनेटर रबिन पोख्रेलको अध्यक्षतामा सम्पन्न यस कार्यक्रमको संचालन पोखरा जेसिजका सचिब रबिन पौडेल र राष्ट्रिय महासचिब जेसी सरोज अधिकारीले गर्नु भएको थियो। विभिन्न विधामा १६ जना लाइ अवार्ड प्रदान गर्नु का साथै २ टिमलाइ उत्कृस्ट टिमको रुपमा विभूषित गर्दै सो कार्यक्रम सम्पन्न गरिएको हो। पोखरा जेसीजका पुर्ब अध्यक्ष सिनेटर किरण केसीको संयोजकत्वमा रहेको कार्यक्रमका अन्य पोखरा जेसिजका अध्यक्ष जेसी देबराज शर्मा, पोखरा जेसीजका पूर्व अध्यक्ष रबिन्द्र गुरुङ, उर्दिप श्रेष्ठ, इश्वोर प्रसाद कर्माचार्य, सन्तोष पोख्रेल, गोविन्द देबकोटा, शिब प्रसाद कोइराला, शिब सुबेदी, सन्तोष शाही, शिब सापकोटा, मिनराज खड्का, गणेश गिरि , नेपाल जेसीजका पुर्ब रास्ट्रिय अध्यक्ष सिनेटर दिपक शाक्य, राष्ट्रिय उपाध्यक्ष, अमर घिमिर, कार्यकारिणी उपाध्यक्ष अनुप सुनुवार, रास्ट्रिय तालिम आयुक्त सुयोग खरेल लगाएत विभिन्न पदाधिकारी र विभिन्न शाखा अध्यक्षहरु, पदाधिकारी र सदस्यहरु सहित नन जेसिजको पनि सहभागिता रहेको एकेडेमीमा उलेख्य मात्रामा विभिन्न कम्पनि र कर्पोरेट ब्यबसायिक प्रतिष्ठानको सहभागिता रहेको थियो।
एस एकेडेमी बाट दीक्षित सम्पूर्ण प्रतिक्षार्थीहरुलाई बधाई सहित सहयोगी सम्पुणप्रति हार्दिक आभार व्यक्त गर्दछौ।

 

 

Leave a Reply