Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

मिस पोखरा -२०२४ का प्रतियोगीहरुलाई नेपाल मणिपाल शिक्षण अस्पताल भ्रमण

8 October 2024

मिस पोखरा -२०२४ का प्रतियोगीहरुलाई नेपाल मणिपाल शिक्षण अस्पतालमा अस्पताल भ्रमण, पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बारे सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
मनिपलाका प्रसुती तथा स्त्री रोग विभाग प्रमुख, वरिष्ठ प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. जुनु श्रेष्ठले पाठेघरको मुखको क्यान्सर र प्रसुती तथा स्त्री रोग बिशेषज्ञ डा. अन्जली सुबेदीले स्तन क्यान्सरबारे जानकारी गराउनु भएको थियो । स्वागत मन्तव्य को क्रममा अस्पताल निर्देशका प्रा. डा अभिषेक मास्केले प्रतियोगीहरुलाई अस्पतालको सेवा सुबिधाहरु बारे अबगत गराउनु भएको थियो । अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल अडुभिलले प्रतियोगीहरुलाई शुभकामना दिदै समाज परिवर्तनमा मिस पोखराको महत्वपूर्ण भूमिका रहेको र स्वास्थय क्षेत्रमा बिशेष सेवा गर्नको लागि सुझाबहरु प्रदान गरिएको सो कार्यक्रम को संचालन अस्पतालका मार्केटिङ मेनेरजर रोशन अधिकारीले सन्चालन गर्नु भएको थियो।
अस्पताल पार्टनरको रुपमा सहकार्य गरेको मणिपाल शिक्षण अस्पतालले सम्पूर्ण प्रतियोगी सहित मिस पोखरा आयोजक जेसिआइ पोखरा र इभेन्ट फर यु का पदाधिकारीहरुलाइ समेत स्वागत गरेको थियो।

Leave a Reply