Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

पोखरा जेसीजको आतिथ्यतामा नेपाल जेसीजको २ दिने बहु शाखा संसदीय सभा प्रणालि तालिम सम्पन्न

13 July 2024

नेपाल जेसीजको आयोजना तथा पोखरा जेसीजको आतिथ्यतामा मिति २०८० साल माघ २६ र २७ गते सञ्चालन भएको २ दिने संसदीय सभा प्रणालि तालिम पोखरामा सम्पन्न भएको छ।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्युको अध्यक्षतामा सम्पन्न तालिमको उद्धघाटन गण्डकी प्रदेश सभाका उपसभामुख माननीय बिना कुमारी थापाले गर्नु भएको थियो। उद्घघाटन समारोहमा प्रमुख अतिथि माननीय विना कुमारी थापाले जेसीज सदस्यहरूले आफुले सिकेका सिप र ज्ञानलाई समाज रूपान्तरणमा प्रयोग गर्नु पर्ने बताउनु भयो।

साथै उक्त कार्यक्रममा नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष तथा क्षेत्र ख निरूपित सिनेटर अनुप सुनुवार, पोखरा जेसीजका पुर्व अध्यक्ष तथा स्वर्ण जयन्ती समारोहका मुल संयोजक सिनेटर सुवास सिग्देलले शुभकामना मन्तव्य राख्नु भएको थियो। जेसीज आस्थापाठको अगुवाई प्रकरण निर्देशक जेसी बिजय बरालले गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य पोखरा जेसीजका उपाध्यक्ष जेसी मिना कुमारी थापाले राख्नुभएको थियो। २ दिन सम्म चलेको बहु-शाखा संसदीय सभा प्रणाली तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेपाल जेसीजका पुर्व कार्यकारिणी उपाध्यक्ष सिनेटर शिव प्रसाद भुसाल र प्रशिक्षकहरूमा नेपाल जेसीजका पुर्व अध्यक्ष सिनेटर विकल प्रसाद शेरचन, नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवार, योगगुरू श्री लक्षुमण पौडेल रहनु भएको थियो।

   जेसीज सदस्यहरूलाई अौपचारीक बैठकहरू सञ्चालनको बिधि र प्रकृया सिकाउने लक्ष्य सहित आयोजीत कार्यक्रममा पोखरा जेसीज, पोखरा लेडी जेसीज, लेखनाथ जेसीज, बाग्लुङ जेसीज, म्याग्दी जेसीज, वालिङ जेसीज, भिरकोट जेसीज, गल्याङ जेसीज, लमजुङ जेसीज, गोर्खा जेसीज, भानुबन्दिपुर जेसीज, व्यासनगर जेसीस, शुक्लागण्डकी जेसीज गरी १३ शाखाहरूबाट ७० जना प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। मिति २०८० साल माघ २७ गते सम्पन्न समापन समारोहमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय पदम गिरी रहनु भएको थियो। प्रमुख अतिथि गिरीले आजका सक्षम युवाहरूले समाजीक बिषयबस्तुहरूमा पनि चासो दिएर समाज रूपान्तरणको आन्दोलनमा नेतृवदायी भुमिका निर्वाह गर्नु पर्ने बताउनु भयो। उक्त समापन समारोहमा नेपाल जेसीजका तालिम आयुक्त जेसी सुयोग खरेल, कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवार लगायतले आफ्नो मन्तव्य राख्नुभएको थियो। सहभागिहरूको तर्फबाट लमजुङ जेसीजका अध्यक्ष जेसी सन्तोष श्रेष्ठ र पोखरा लेडी जेसीजका कोषाध्यक्ष जेसी संगिता अधिकारीले आफ्नो सिकाईको अनुभव राख्नुभएको थियो। समापन कार्यक्रममा सहभागी प्रतिनिधिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो भने धन्यवाद ज्ञापन कार्यक्रम संयोजक जेसी सरोज पौडेलले गर्नुभएको थियो। पोखरा जेसीजका महासचिव जेसी तिलक प्रसाद लामिछानेले सञ्चालन गर्नु भएको कार्यक्रमको बिधिवत रूपमा समापन अध्यक्षीय मन्तव्य सहित कार्यक्रमका अध्यक्ष जेसी देवराज शर्माले ले गर्नुभएको थियो।

   

 

Leave a Reply