Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

नेपाल जेसीजका नेपाल जेसीजका सस्थापक डा भेष बहादुर थापा तथा पुर्व राष्ट्रिय अध्यक्षहरू संगको स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

13 July 2024

पोखरा जेसीज र पोखरा लेडी जेसीजको संयुक्त आयोजनामा मिति २०८० फाल्गुन २७ गते पोखरा जेसीजको सचिवालय, रानिपौवा पोखरामा नेपाल जेसीजका नेपाल जेसीजका सस्थापक डा भेष बहादुर थापा तथा पुर्व राष्ट्रिय अध्यक्षहरू संगको स्वागत तथा अन्तरक्रिया अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्मा ज्युको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि नेपाल जेसीजका संस्थापक अध्यक्ष, पुर्व मन्त्री, पुर्व राजदुत सिनेटर डा. भेग बहादुर थापा रहनु भएको थियो भने बिशेष अतिथि मा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेल रहनुभएको थियो। ३० जना पुर्व राष्ट्रिय अध्यक्षहरू उपस्थित कार्यक्रममा पोखरा जेसीज र पोखरा लेडी जेसीजका पुर्व अध्यक्षहरू, दुवै शाखाका सदस्यहरू सहित १०० जनाको उपस्थिति रहेको थियो।

कार्यक्रम प्रमुख अतिथि सस्थापक अध्यक्ष सिनेटर डा. भेग बहादुर थापाज्युले सन १९६४ मा नेपाल जेसीजको स्थापना को सन्दर्भ जोड्दै सहयोगी हातहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। साथै उहाले वर्तमानमा नेपालभरी जेसीजका १७८ शाखाहरू रहेकोमा खुसी व्यक्त गर्दै आफु खुसी रहेको बताउनु भयो। स्थापना कालको उद्वेश्यले मुर्त रूप लिएको मा खुसी व्यक्त गर्नुभयो। उक्त कार्यक्रममा बिशेष अतिथि सिनेटर रविन पोख्रेलले युवाहरूलाई नेतृत्व र व्यक्तित्व बिकास गर्दै समाजमा योग्य र नेतृत्वदायी भुमिका निर्वाह गर्न सक्ने बनाउन नेपाल जेसीजले बिभिन्न कार्यक्रमहरू आयोजना गरिरहेको बताउनु भयो। त्यसै गरी कार्यक्रममा पोखरा जेसीजका सस्थापक सचिव तथा नेपाल जेसीजका पुर्व अध्यक्ष सिनेटर विकल प्रसाद शेरचन र नेपाल जेसीजका पुर्व अध्यक्ष सिनेटर गजेन्द्र बहादुर श्रेष्ठ ले मन्तव्य राख्नुभएको थियो।

  

अन्तरक्रिया कार्यक्रममा पोखरा जेसीजका पुर्व अध्यक्षले आफ्ना जिज्ञासा राख्नुभएको थियो भने पुर्व राष्ट्रिय अध्यक्षहरूले आफ्नो बिगतको अनुभव सहित अबको युवा आन्दोलन र समाजमा युवाहरूको नेतृत्वदायी भुमिका स्थापित गर्नु पर्ने कुरामा जोड दिनुभएको थियो। कार्यक्रम संयोजक पोखरा जेसीजक अनुगमन सभापति जेसी कमलराज पराजुलीले जेसीज आस्थापाठको अगुवाई गर्नुभएको थियो भने स्वागत मन्तव्य पोखरा लेडी जेसीजका अध्यक्ष जेसी गायत्री फुयालले गर्नुभएको कार्यक्रम सञ्चालक पोखरा जेसीजका महासचिव तिलक प्रसाद लामिछानेले बताउनु भयो।

 

      

 

          

 

Leave a Reply