Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

सोच देखी उधमशिलता सम्बन्धी अभिमुखीकरण तालिम जनप्रिय बहुमुखी क्याम्पस पोखरामा सम्पन्न

13 July 2024

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा सोच देखी उधमशिलता सम्बन्धी अभिमुखीकरण तालिम जनप्रिय बहुमुखी क्याम्पस, पोखरामा सम्पन्न भएको छ। “सोच देखि उद्यमशिलता करियर काउन्सिलिङ” (Idea to Entrepreneurship Career Counseling) युबामा रहेको सोचलाइ परिस्कृत गरि, व्यवसायिक योजना निर्माण र निर्दिष्ट तालिम प्रदान गर्दै उद्यमशिलतामा रुपान्तरण गर्ने महान अभियानको अर्को कदम पोखराको ठुलो सामुदायिक क्याम्पस जनप्रिय बहुमुखी क्याम्पस MBA, MBS र BBS मा अध्ययनरत विद्यार्थीहरु बिच सम्पन्न भएको छ ।
युवा बिदेश पलायनदर न्यूनीकरण, आर्थिक बिकासमा सुधारगर्न र युवा उद्यमि निर्माण गर्न उद्यमशिलताको बिकास अनिबार्य छ । तसर्थ पोखरा जेसिजले यश बर्ष “सोच देखि उद्यमशिलता” (Idea to Entrepreneurship) सम्बन्धि कार्यक्रमको अभियान अगाडि बढाइ राष्ट्रिय समस्यालाइ समाधान गर्ने प्रयासको थालनी गरिएको हो । कार्यक्रम सफल पार्न सहयोग गर्नुहुने श्रोत ब्यक्ती युवा उद्यमि, प्रकाश देब पालिखेज्यु, मास्टर्स प्रोग्राम सम्योजक नेत्र प्रसाद सुवेदी सर, क्याम्पस प्रमुख लोकराज भण्डारी सर लगायत सम्पुर्ण सहयोगी हातहरु प्रती हार्दिक आभार प्रकट गर्दछौ ।
 

Leave a Reply