Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
NEWS & EVENTS

सोचदेखी उधमशिलता (Idea to Entrepreneurship) कार्यक्रमको अभिमुखीकरण तालिम सम्पन्न

2 March 2024

पोखरा जेसीजको महत्वपुर्ण कार्यक्रम सोचदेखी उधमशिलता (Idea to Entrepreneruship) कार्यक्रमको अभिमुखीकरण तालिम मिती २०८० साल फागुन ०८ गते पोखरा १, बगर स्थित पृथ्वीनारायण क्याम्पस मा सम्पन भएको छ। बि. बि. ए. संकायमा अध्ययनरत बिधार्थीहरूलाई लक्षित कार्यक्रममा ८० जना बिधार्थीहरूको सहभागिता रहेको थियो। तालिम, अनुसन्धान, बिभिन्न सम्भाव्यताहरू खोजि गर्दै संघीय सरकार, प्रदेश सरकार हुदै स्थानिय सरकार देखी बित्तिय संस्थाहरू संग सहकार्य गर्दै युवाहरूमा उधमशीलता बिकास गर्ने लक्ष्य सहित आयोजित कार्यक्रमको अध्यक्षता पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्युले गर्नुभएको थियो भने अभिमुखीकरण तालिममा प्रशिक्षकको भुमिकामा प्राध्यापक, व्यवसायी, च्याउ खेतिलाई केन्द्रमा राखी अनुसन्धान गरिरहनु भएका अनुसन्धानकर्ता टिकाराम अर्याल रहनु भएको थियो। कार्यक्रममा पृथ्वीनारायण क्याम्पस पोखराका निमित्त क्याम्पस प्रमुख मिनराज लम्साल रहनु भएको थियो। व्यवस्थापन संकाय लक्षित कार्यक्रममा जेसीज आस्थापाठ र स्वागत मन्तव्य कार्यक्रम संयोजक द्वय जेसी राज कुमार बोहोरा र जेसी बिजय बराल गर्नुभएको थियो साथै धन्यवाद ज्ञापन जेसी नवराज पौडेलले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालक महासचिव जेसी तिलक प्रसाद लामिछानेले गर्नु भएको थियो।

 

Leave a Reply