मिति २०८१ साल असोज ११ यानिकि २७ सेप्टेम्बर शुक्रवार पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षतामा बर्ष २०२४ को छैटौ कार्यक्रम सम्पन्न भएको हो । सो कार्यक्रममा पोखरा जेसीज बर्ष २०२२ का अध्यक्ष जेसी मिनराज खडका प्रमुख अतिथिको रुपमा रहनु भएको थियो। पोखरा जेसीजका अस्थाई सदस्य अर्पण गौतम, शिर्षक अधिकारी, किशोर चन्द्र सुबेदी, रामचन्द्र अधिकारी, बिनय सुबेदी र सन्तोष पोख्रेल बक्ताको रुपमा रहेका थिए भने बिशेष बक्ताको रुपमा सदस्य सरोज पौडेल रहेका थिए।

नेपाल जेसेजको क्षेत्र ख सम्मेलनको बक्त्रित्वकला प्रतियोगिताको बिजेता बनेका सरोज लाइ सो अबसरमा सम्मान समेत गरिएको थियो। उपाध्यक्ष मिना कुमारी थापाको स्वागत र कानुनी सल्लाहाकार अनन्त प्रधानाङ्ग समय सूचकको रुपमा रहेको सो कार्यक्रम को संचालन कार्यक्रम संयोजक संजय पौडेलले गरेका थिए।


Leave a Reply
You must be logged in to post a comment.