मिति २०८१ साल आश्विन ९ गते यानिकि २५ सेप्टेम्बर २०२४ मा मिस पोखरा २०२४ का अन्तिम प्रतियोगीहरुका लागि अभिमुखीकारण तालिम र औपचारिक स्वागत सहित २१ दिने तालिमको सुभारम्भ कार्यक्रम सम्पन्न भएको छ।

पोखरा जेसीजका अध्यक्ष जेसी देबराज शर्माको अध्यक्षतामा सम्पन्न सो तालिमको प्रमुख प्रशिक्षकमा पोखरा जेसीजका पुर्ब अध्यक्ष, नेपाल जेसीजका पुर्ब रास्ट्रिय अध्यक्ष तथा जेसिआइ पुर्ब उपाध्यक्ष सिनेटर राजु केसी रहनु भएको थियो। पोखरा जेसीजका महासचिब तिलक प्रसाद लामिछानेले संचालन गर्नु भएको सो कार्यक्रम मा अभिमुखीकारण र उत्प्रेरणामुलक तालिम पोखरा जेसीजका अध्यक्ष देबराज शर्मा र प्रमुख प्रशिक्षक राजु केसीले गर्नु भएको थियो।
सो अबसरमा आब्या क्लबका संचालक प्रकाश केसी, किरण केसी, निरज लामा, कृपा श्रेष्ठ लगायतले मिस पोखराका प्रतियोगीहरु र पोखरा जेसीज र इभेन्ट फर यु का पदाधिकारीहरु लाइ समेत स्वागत गर्नु भएको थियो। विभिन्न विधामा २१ दिन सम्म तालिम प्रदान गरि क्षमता अभिवृद्धि गरि सहभागी युवा नारीहरुलाई अन्तिम प्रतिश्प्रधामा लगिनेछ।



Leave a Reply
You must be logged in to post a comment.