Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

आगलागी पिडित पूर्ण प्रसाद र धनलाल बिकको परिवारलाई पोखरा जेसिजको आर्थिक र जिन्सी सहयोग

11 July 2024

मानवताको सेवा जिवनको सर्वोत्तम कार्य हो भन्ने मुल मन्त्र सहित बिपतमा पोखरा जेसीजले सहयोग गरेको छ ।
कुश्मा नगरपालिका वडा न. ३ दुर्लुङ थुम बस्ने केशब नामले परिचित पुर्ण प्रसाद शर्माको घर आगालागी बाट पुर्ण नस्ट भएको र धनलाल बिकको कटेरो नस्ट भएको यस दुखद घडीमा पोखरा जेसिज बाट तत्कालको लागि आधारभुत आबस्यकता पुर्तिमा थोरै भय पनि राहत होस भनी अध्यक्ष देबराज शर्माको नेत्रित्वमा घटनास्थल पुगी केही जिन्सी र नगद रकम सहयोग प्रदान गरिएको छ । यस पुन्य कार्यमा सहभागिता जनाउनु भएकोमा पोखरा जेसीजका कार्यकारिणी समिति, सञ्चालक समिति, साधारण सदस्यज्यूहरू, अस्थायी सदस्यज्यूहरूमा हार्दिक आभार व्यक्त गर्दछौ। साथै यस पबित्र कर्ममा सहयोग गर्नुहुने पर्बत रेड्क्रोस, कास्की रेड्क्रस प्रति समेत हार्दिक आभार प्रकट गर्दछौ।
  

Leave a Reply