Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
GALLERY

पोखरा जेसीजको सचिवालयमा अध्ययन केन्द्र (Reading Ceter) को बिधिवत रूपमा शुभारम्भ

13 July 2024

मिति २०८०/१०/१७ गते तदनुसार २ जनवरी २०२४ का दिन पोखरा जेसीजको सचिवालयमा अध्ययन केन्द्र (Reading Ceter) को बिधिवत रूपमा शुभारम्भ भएको छ।
पोखरा जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि देबराज शर्माको अध्यक्षतामा संचालित सो समारोहमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रविन पोख्रेलज्युले कितावमा हस्ताक्षर गरी केन्द्रको शुभारम्भ गर्नुभएको थियो। उक्त कार्यक्रममा नेपाल जेसीज बर्ष २०२४ का कार्यकारिणी उपाध्यक्ष तथा पोखरा जेसीजका निरूपित सिनेटर अनुप सुनपार, राष्ट्रिय उपाध्यक्ष तथा पोखरा जेसीजका निरूपित जेसी अमर घिमिरे, उपाध्यक्ष जेसी सौरव श्रेष्ठ, पोखरा लेडी जेसीजका अध्यक्ष जेसी गायत्री फ्युाल, म्याग्दी जेसीजका अध्यक्ष जेसी सुमन बानिया, पोखरा जेसीजका पुर्व अध्यक्षहरू, सिनेटर छविलाल सुवेदी, सन्तोष शाही, सिनेटर ई. किरण केसी, जेसी मिनराज खड्का, निवर्तमान अध्यक्ष जेसी गणेश गिरी लगायतको उपस्थिति रहेको थियो।
उपस्थित सम्पुर्णमा हार्दिक धन्यवाद ।
जय जेसीज 🙏🙏🙏
    

Leave a Reply