बर्ष २०२४ को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम सम्पन्न

कार्यक्रम     : पदस्थापन तथा पद हस्तान्तरण कार्यक्रम
मिति        : २०८० पौष १६, तदनुसार २०२४ जनवरी ०१
स्थान          : क्रिस्टल महल , पोखरा ६, लेकसाइड
प्रमूख अतिथि    : जेसीआइ सिनेटर रबिन पोख्रेल, राष्ट्रिय अध्यक्ष, नेपाल जेसीज

कार्यक्रम बिवरण
पोखरा जेसीजको बर्ष २०२४ को नयाँ कार्यसमितिको पदस्थापन कार्यक्रम शुक्रवार, पौष १६ गते तदनुसार जनवरी १, २०२४ का दिन क्रिस्टल महल , पोखरा ६, लेकसाइड पोखरामा भब्य समारोहका बीच सम्पन्न भयो ।

कार्यक्रममा बर्ष २०२३ का अध्यक्ष जेसी गणेश गिरिले बर्ष २०२४ का अध्यक्ष जेसी अधिबक्ता देबराज शर्मा लाई पद हस्तान्तरण गरेका थिए । नेपाल जेसीजका बर्ष २०२४ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रबिन पोख्रेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रमको प्रथम सत्रको अध्यक्षता बर्ष २०२३ का जेसीआई पोखराका अध्यक्ष जेसी गणेश गिरीले गर्नुभएको थियो । कार्यक्रममा नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रबिन्द्र गुरूङ, नेपाल जेसीज क्षेत्र ख का निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआइ सिनेटर अनुप सुनुवार, निरुपित राष्ट्रिय उपाध्यक्ष जेसी अमर घिमिरे र राष्ट्रिय उपाध्यक्ष जेसी सौरभ श्रेष्ठ पोखरा जेसीजका पुर्व अध्यक्ष पुर्व अध्यक्षहरू, गण्डकी प्रदेश चेम्बर अफ कमर्स का अध्यक्ष किसान सुनार, पोखरा उद्योग बाणिज्य संघका बरिस्ट उपाध्यक्ष, पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारी, पोखरा लेडी जेसीज, लेखनाथ जेसीज, ब्यासनगर जेसीज, पर्वत जेसीज, बाग्लुंग जेसिज, म्याग्दी जेसिज, शुक्लागण्डकी जेसीज, वालिङ्ग जेसीज लगायत अन्य छिमेकी शाखाहरूका अध्यक्ष र पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रबिन पोख्रेलले युवाहरूको नेतृत्व र व्यक्तित्व विकास गरि समाजको असल र जिम्मेवार नागरिक बनाउनु नै जेसीजको उदेश्य रहेको भन्नु भयो । उहाले कार्यक्रमलाई सम्बोधन गर्दै बर्ष २०२४ युवाहरू लाई लक्षित गरि रचनात्मक र सृजनात्मक कार्यक्रमहरू मा बढी जोड दिने बताउनु भयो। साथै उहाले नेपाल जेसीजको २०२४ मा पोखराको ५० औ बर्ष स्वर्ण जयन्ति बर्ष स्वर्णिम बनाउदै बिगतका बर्षहरूको भन्दा यो बर्ष उत्कृष्ट र सम्झन लायक रहने बिश्वास ब्यक्त गर्नु भयो।

सो कार्यक्रमलाई बिशष्ट अतिथि किसन सुनार, पर्यटन बिग्य डाक्टर रामजी शर्मा, पत्रकार बिमल भण्डारी नेपाल जेसीजका पुर्व राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर रबिन्द्र गुरूङ, नेपाल जेसीज क्षेत्र ख का निरूपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष जेसीआइ सिनेटर अनुप सुनुवार नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष अमर घिमिरे, बर्ष २०२३ का पोखरा जेसीजका अध्यक्ष जेसी गणेश गिरि, बर्ष २०२४ का अध्यक्ष जेसी अधिबक्ता देबराज शर्मा लगायतले बोल्नु भएको थियो।

 

उक्त कार्यक्रममा बर्ष २०२४ का पोखरा जेसीजका अध्यक्ष जेसी अधिबक्ता देबराज शर्मा ले यस बर्ष “Youth Leadership- For Sustainable Development”(दिगो बिकासका लागि युवा नेतृत्व) भन्ने प्रकरणको उद्घोष गर्दै बर्ष २०२४ लाइ सोच देखि उद्दम्शिलता लगायतका सृजनात्मक कार्य थालनी गर्ने योजनाहरु प्रस्तुत गर्नुभएको थियो ।

यस बर्ष २०२४ मा पोखरा जेसीजको स्थापनाको गौरबमय ५० बर्ष पुरा हुनेहुँदा स्वर्ण बर्षको अवसर पारी बिषेश स्मारक स्तम्भ निर्माण लगायतका युवा लक्षित बर्ष २०२४ लाई सदस्य शशक्तिकरण र संस्थागत बिकास योजना अनुरुप निम्न प्रमुख कार्यक्रमहरु प्राथमिकतामा राखी बार्षिक कार्ययोजना अनुसार सम्पन्न गर्ने अध्यक्षज्यूले उद्घोष गर्नु भएको थियो ।

  • Jaycees Week
  •  Miss Pokhara 2024
  •  Idea to Entrepreneurs (सोच देखी उद्धमशिलता सम्म )
  •  JCI Pokhara Reading Corner/Library 
  •  JCI Pokhara Members’ Career Profile/Trainers Profile (Digital Format) 
  •  Scholarship Distribution Procedure
  •  Chapter Twinning with International LOM
  •  Golden Jubilee Special Program
  •  SDG Based Projects 

सपथ ग्रहण
कार्यक्रममा बर्ष २०२३ का अध्यक्षले बर्ष २०२४ का अध्यक्षलाई तथा अध्यक्ष देबराज शर्माले बर्ष २०२४ का सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । जस अन्तर्गत निवर्तमान अध्यक्ष जेसी गणेश गिरि सहित कानूनी सल्लाहकार जेसी अनन्त प्रधानाङ्ग, कार्यकारिणी उपाध्यक्ष जेसी श्री कृष्ण सुनार, महासचिव जेसी तिलक प्रसाद लामिछाने, कोषाध्यक्ष जेसी कपिल पौडेल, उपाध्यक्षहरुमा क्रमश मिना कुमारी थापा, जेसी राजेन्द्र रानाभाट, जेसी सर्जी अधिकारी, जेसी नवराज पौडेल निर्देशकहरु क्रमशः जेसी किरण आचार्य, जेसी निश्चल खरेल, जेसी सुजन पोख्रेल र जेसी संजय कुमार शर्मा, शाखा सम्पादक जेसी इभिक कर्माचार्य, प्रकरण निर्देशक जेसी बिजय बराल, सह–कोषाध्यक्ष जेसी बलराम कुइकेल, संचार सम्पर्क अधिकारीमा जेसी बिबेक ढुंगाना, जनसम्पर्क अधिकारीमा जेसी सन्तोष लामिछाने, स्थानिय व्यवसाय सञ्जाल संयोजकमा जेसी जविन महर्जन, अनुगमन सभापति जेसी कमल राज पराजुली, शुक्रबारसरीय प्रवचन माला संयोजक जेसी संजय पौडेल अभ्यास तालिम संयोजक जेसी राजकुमार गुरुङ, तालिम आयुक्त जेसी राजकुमार बोहोरा, वृद्धि सभापति जेसी रबिन्द्र गोदार, अर्वाड प्रमोशन संयोजक जेसी सुदिप सापकोटा, दिर्घकालिन योजना सभापती जेसी गोबिन्द प्रसाद देबकोटा, बोर्ड सल्लाहकार, जेसी सुमन पहारी र जेसी भाइराज राना मगर, सल्लाहकार जेसी शिब प्रसाद सुबेदी र जेसी मिनराज खड्काज्यूलाई सामुहिक सपथ ग्रहण गराऊनु भएको थियो ।

कार्यक्रम समुद्घाटन : स्मारिका बिमोचन तथा पानसमा दिप प्रज्वलन गरि
कार्यक्रममा बर्ष २०२३ को सम्पुर्ण गतिबिधि तथा बर्ष २०२४ को बार्षिक कार्ययोजना समेटेर तयार पारिएको स्मारिका “Leader 2023” को बिमोचन तथा पानसमा दिप प्रज्वलन गर्दै कार्यक्रमको भव्य उदेघाटन गरिएको थियो। साथै सोही दिन पदस्थापन कार्यक्रम अगाडी बर्ष २०२३ का पदाधिकारीले बर्ष २०२४ का पदाधिकारीलाइ फाइल हस्तान्तरण समेत गरिएको थियो ।
बर्ष २०२४ का अध्यक्ष जेसी अधिबक्ता देबराज शर्माले समापन गर्नुभएको पदस्थापन कार्यक्रममा संयोजक जेसी राजेन्द्र रानाभाटले स्वागत तथा कार्यक्रम सञ्चालन बर्ष २०२४ का महासचिव जेसी तिलक प्रसाद लामिछानेले गर्नु भएको थियो ।

 

राष्ट्रिय अध्यक्षज्यूलाई कार्यक्रम पूर्व स्वागत तथा स्कटिंग सहित घोडा सवार

पदस्थापन कार्यक्रम पूर्व सोही दिन दिउसो ३ बजे पोखरा जेसीजका पदाधिकारी एवं सदस्यहरुले राष्ट्रिय अध्यक्ष जेसआइ सिनेटर रबिन पोख्रेल लगायत पोखरा जेसीजको निमन्त्रणामा वहाँसंगै आउनुभएका अतिथि राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर अनुप सुनुवार, उपाध्यक्षहरु जेसी अमर घिमिरे, सौरभ श्रेष्ठ लगायत लाइ पोखरा अन्तरास्ट्रिय बिमानस्थल पुगी स्वागत गरी स्कटिंग गर्दै पोखरा ६ सहिद चोक बाट पन्चे बाजा सहित घोडामा राष्ट्रिय अध्यक्षज्यु लाइ सवार गराउदै सम्पूर्ण अतिथिहरु लाइ लेकसाइडको बजार परिक्रमण गरायर पदस्थापना स्थल क्रिस्टल महल सम्म पुर्याइएको थियो।

 

Leave a Reply