परिचय
नामै सुन्दा अचम्म लाग्ने यो फल नेपालकोलागि नया हो। अभोकाडो मध्ये र दक्षिण मेक्सिकोमा पाइने मुख्य फल हो। दसौ हजार बर्ष पहिले यो फल मेक्सिकूको पुएब्ला भन्ने ठाउँबाट औएको हो भने नेपालमा चाही यो फल बेलायेती अनुसन्धानकर्ता र पर्यटकहरुले ल्याएका हुन्। यसको
बैज्ञानिक नाउँ पर्सिया अमेरिकन हो। यो फल उष्ण(ट्रपिकल) र समतोष्ण (सब ट्रपिकल) मौसममा राम्रोसंग हुर्कन र फल्दछ।नेपालको लागि नौलो फल भए पनि विश्व भरि मानिसहहरु यसको उपभोग गर्दछन।खास गरि गर्मि मौसममा हुने यो फल २५०० मिटर उचाईसम्म यसको खेति गरेको पाईन्छ । पोखरा समुन्द्र सतहबाट दक्षिण तिर ८२७ र उत्तर तिर १७४० मिटरमा अवसथिथ छ।यहाँ जाडोमा ० देखि १९ डिग्री र गर्मिमा २० डिग्री देखि ३४ डिग्री सम्म पुग्दछ । वर्षा पर्याप्त मात्रामा हुने र यहाँको जमिनले पानि सोस्नसक्ने भएकोले पनि कृषियोग्य मानिन्छ । अभोकाडोको रुख १० देखि २० मिटरसम्म हुन्छ।नेपालमा धनकुटा बाहेक अरु ठाउँमा यसको खेति गरिएको पाइदैन ।अन्य राष्ट्रहरुमा भने यसको ब्यबसायिक खेति गरि मनग्य आम्दानी गर्न सफल भएका छन । यो फल १०० ग्राम देखि १००० ग्राम सम्म हुन्छ । हालै मात्र साउथ अफ्रीकामा पाइएको ठुलो जातको अभोकाडो जसलाई अवोजिल्ला भनिन्छ उत्पादन सुरु भएको छ जसको तौल १ किलो २००
ग्राम रहेको छ।यसलाई नेपालीमा घिउ फल भनिन्छ । यसलाई येलिगटर पिएर,सिङगल सिद बेरी पनि भनीन्छ । अभोकाडोको विभिन्न आकार हुन्छन ।
जात (संसारभरि पाइने अभोकाडो तिन जात वा समूह हुन्छन
१ (ग्वाटेमलन (ग्वाटेमालामा पाइने जात २ (मेक्सिकन (मेक्सिकोमा पाइने जात
३ (वेस्ट इन्डियन (वेस्ट इण्डिसमा पाइने जात
यी मध्ये मेक्सिकन र ग्वाटेमलन जातका अभोकाडो यबसायिक रुपमा लगाइन्छ । बेकन, हास, पिङ्करटन,
जुटनो, रिड, जेम, शर्विल, एटिङ्गर आदि अभोकाडोका किसिमहरु हुन्।संसारमा लगभग १५०० किसिमका अभो
काडोहरु पाइन्छन।तर नेपालमा फाल्ने सबै किसिमका अभोकाडोको भने अझै पनि नाम थाहा हुन सकेको छैन ।
कल्टिभार (अभोकाडोका दुइवोटा कल्टिभार(खेति) हुन्छन् ।
१ (ए टाइप (हास, पिङ्करटन, रिड २ (बि टाइप (एर्ते, शर्विल, जुटनो, बेकन, एटिङ्गर
सिजन
अभोकाडो धेरै माग भएको फल मध्यको एक हो । नेपालमा अभोकाडोको मौसम भनेको भदौको दोस्रो साता
देखि मंगसिरको अन्तिम सम्म रहन्छ।नेपालमा सबैभन्दा धेरै अभोकाडो उत्पादन(८० टन) हुने ठाउँमा धनकुटा हो
जसलाई अभोकाडोको राजधानी पनि भनिन्छ र सुपर जोन भनेर सरकारले बर्गिकरण गरेको छ । यहाँ लगभग
३७६४ वोटा रुखहरु छन भने थप १ लाख रुखहरु लगाइएका छन । पछिल्लो समयमा भने यसको खेति धेरै ठाउँमा
किसानहरुले गरिरहेका छन।नेपालमा धनकुटाको उत्पदानले मात्र माग पुरा गर्न नसक्ने भएकोले विभिन्न देशहरुबाट
यहाँ अभोकाडो आयात गरिन्छ । पोखरामा मनिषहरुले घरघर मा लगाएकाले पनि केहि हद सम्म पाइन्छ । भारत,
श्रीलंका, उगंदा, थाइलेडं, भिएतनाम जस्ता देशहरुबाट विशेष गरी यो फल आयात गरिन्छ । सिजनमा यसको
मूल्य अलि सस्तो वयेता पनि अफसिजन मा यसको मूल्य महँगो हुन्छ ।
भदौ देखि कार्तिक सम्म रु २५०–३५० कार्तिक देखि पौष सम्म रु३५०–४५०
तेस पछि ५०० देखि ७०० सम्म पर्छ।
२०१८को तथ्यांक अनुसार यी देशहरुमा सबै भन्दा धेरै अभोकाडो उत्पादन हुन्छ (१–मेक्सिको (१ ,८८९ ,३५४ टन
२ डोमिनिकन रिपब्लिक ६०१ ,३४९ टन
३ (पेरु (४५५ ,३९४ टन
४ (कोलोम्बिया (३०९ ,४३१ टन
५ (इन्डोनेसिया (३०९ ,९३८ टन
इजराइल, ब्राजिल, केन्या, अमेरिका, चिनमा पनि पछिल्लो समयमा अभोकाडोको उत्पादन बढिरहेको छ । अभोकाडोको
बार्षिक वृद्धि डर ५.०३५ रहेको छ।यो फल किन पनि अचम्मको छ भने यो रुखमा कहिले पनि पाक्दैन । बेला
भएपछि यसलाई टिपेर राखेपछि मात्र यसको पाक्ने प्रक्रिया सुरु हुन्छ । टिपेको ४ देखि ५ दिन सममा यो फल
पक्दछ । समयमा नटिपे यो फल रुखबाट झरना थाल्छ र चाडो कुहिन्छ । टिप्ने बेलामा थोरै टुप्प राखी टिपेमा
यो फल धेरै सयम सम्म रहिरहन्छ ।
बेर्ना, मल र सिंचाई
यसको बेर्नालाई ३०० देखि ४०० सम्म पर्दछ र मल पनि तेती धेरै महँगो पर्दैन । अभोकाडोलाई उचित मात्रामा
म्याक्रो र माइक्रो खाध्य तत्व आवश्यक पर्दछ।माइक्रो खाध्य तत्वमा नैट्रोजन, फोस्फोरस र पोटासियम चाइन्छ
भने माइक्रोमा क्याल्सियम, बोरोन, आइरन, म्यान्गानिज चाहिन्छ । सबैभन्दा महत्वपुर्ण कुरा यसमा फलको लागि
जिंक अति नै आवश्यक हुछ। यसकोलागी एक फिट चौडाई र २ फिट गहिराई भएको खाल्डो खनी बेर्न सार्नु पर्दछ ।
बर्षमा ३ देखि ४ पटक सम्म मल हाल्नु पर्छ ।. सुरुसुरुमा हप्तामा २ देखि ३ पटक पनि हाल्नु पर्छ भने बेर्न हुर्किदै
गए पछि एक पटक भए पुग्छ ।जति ठुलो भयो तेतिनै पनि कम हाल्दा फरक पर्दैन ।
अभोकाडोरुखले फल दिन लगभग ३ देखि ४ बर्ष लाग्छ । ग्राफटिन प्रबिधि अपनाउने हो भने यसले २ वर्षमै फल
दिन थाल्दछ ।
अभोकाडोको फुल
यसको फल फल्नको लागि एक महत्तोपुर्ण प्रक्रिया हो परागसेचन।धेरैलाई अभोकाडोको भाले पोथी रुख हुन्छ
भन्ने छ तर यसको रुखमा नभई फूलमा भाले पोथी हुन्छ । तेसैले यसको फुल फुल्ने प्रक्रिया लाइ सिङ्क्रोनस
डीकोग्यामी भनिन्छ । हामीले अभोकाडो लगाउदा ए टाइप र बि टाइप अभोकाडो लगाउदा उचित हुन्छ
किनभने यी दुवै टाइपका फुल फुल्ने तरिका फरक हुन्छन जसले गर्दा परागसेचन सजिलो हुन्छ ।
ए टाइप अभोकाडोमा पहिलो दिन बिहान फुल पोथी भएर खुल्दछ र दोस्रो दिनको बिहानसम्म बन्द भै
सोहि फुल दिउसो भाले भएर खुल्दछ।
बि टाइपमा पहिलो दिनको दिउसो पोथी भएर फुल खुल्दछ र बेलुकासम्ममा बन्द बहि दोस्रो दिन को दुइ
सो भाले भएर फुल्दछ ।
यो क्रममा लाखौ फुल हरु खुल्ने र बन्द उने प्रक्रिया चलिरहेको हुन्छ जसले गर्दा परागसेचन सफल
हुन्छ।स्मरण रहोस अभोकाडो आफै पनि स्वयम् परागसेचन हुन सक्ने रुख हो ।
अभोकाडो र स्वस्थ
अभोकाडो पर्याप्त मात्रमा पोषक तत्वले भरिपुर्ण फल हो।यसको सेवन सबै उमेरका मानिसलाई उचित हुन्छ,
बिशेष गरि बच्चाबच्ची र बुडाबुडीहरुका लागि ।
१ अभोकाडोमा २० भन्दा धेरै प्रकारका भिटामिन र मिनारल्हारू पाइन्छ ।
२ यसमा भिटामिन अ द ए क पर्याप्त हुन्छ जो हाम्रो शरीरमा भएको बोसोमा घुलिंछ जसले गर्दा शरीरमा
चाहिने उर्जा उत्पादनमा मद्दत गर्दछ ।
३ यसमा (राम्रो फ्याट) अनस्याचुरेटेड फ्याट (पोली अनस्याचुरेटेड र मोनो अनस्याचुरेटेड फ्याट पाइन्छ ।
यी फ्याटहरु स्याचुरेटेड फ्याट भन्दा कयौ गुना राम्रो हुन्छ।यसले कोलेस्ट्रोल र ट्रैइग्लिसराइडलाई नियन्त्रण
राखी एल डि एल कोलेस्ट्रोल घाटाई यच डि एल कोलेस्ट्रोललाइ बडाउछ । यो मानेमा अभोकाडो मुटुको
लागि त बरदान नै हो ।
४ ब्लड प्रेसर, सुगर, हड्डी, आँखा र छाला, कन्स्टिपेटन को लागि उपयुक्त फल हो अभोकाडो ।
५ अभोकाडोमा ओमेगा (३ फयाटि आसिड हुन्छ जसको तेल निकै प्रयोग मा आउछ ।
६ मोटोपन घताउनको लागि पनि अभोकाडो राम्रो मानिन्छ ।
७ अभोकाडोमा प्यानथोजेनिक एसिड हुन्छ जसले खानलाई उर्जामा परिणत गर्न मदत गर्दछ ।
८ यसमा प्यानथोजेनिक एसिड, आइरन, क्याल्सियम, बोरोन, रिबोफ्लोविन, पोटासियम, भिटामिन बि
(६ जस्ता तत्व हरु पनि पाइन्छन ।
८ ५० ग्राम अभोकाड़ोमा क्यालोरीको मात्र ५० क्याल हुन्छ ।
१० यसमा पर्याप्त मात्रामा पÞmोलट हुनाले गर्भवती महिलाको लागि यो फल अमृत साबित हुन्छ ।
११ अभोकाडोमा सबैभन्दा धेरै प्रोटिन पाइन्छ । हामीले प्रोटिनको लागि मासुजन्य खानेकुरा खान्छु तर मासुमा
हुने फ्याटले कोलेस्ट्रोल बढाउछ भने अभोकाडोमा हुने फ्याट राम्रो कोलेस्ट्रोल हो ।
अभोकाडोलाई स्स्वाद अनुसार खान मिल्दछ । बच्चाहरु ले यो फल सेवन गर्न ले हड्डी मजबुत भै
साथै स्मरण श्कतिमा पनि दरो मद्दत्त पुग्दछ । यसको स्वाद बटर वा चिज जस्तो हुन्छ । ग्वाकोमोली अभोकाडो
बाट बन्ने सबैभन्दा सरल र स्वादिष्ट परिकार हो।मनपराउने हरु यो फल यसै खान्छन भने कयौहरु पाउरोटी वा
रोटीमा लगाएर पनि खान्छन । बास्तबमा हाम्रो खाने प्रबिर्तिले गर्दा हामी जिब्रोले मन पराउने खानेकुरा मात्र खान
मन रुचाउछौ । कुनै पनि खानेकुरा खादा त्यसले स्वास्थमा पर्ने फाइदा र असर भन्दा पनि मिठो छ कि छैन भन्ने
कुरामा धेरै ध्यान दिन्छौ तेसैले आजकल धेरै रोगहरु खानकै कारणले लागिरहेको छ।हामी सामु यस्ता कयौ खाने
कुराहरु छन जसको बारेमा हामीलाई कमै थाह छ,ति मध्ये अभोकाडो एक अनौठो फल हो ।
१ अभोकाडो एक फल जय तरकारी होइन ।
२ यसमा करमा भन्दा धेरै पोटासियम हुन्छ ।
३ अभोकाडो लै चाडो पकाउनु छ भने गोलभेडा, कागती वा केरा सगै राख्दा चाडो पक्चा किनभने कुनै पनि फल
पक्नको लागि चाहिने ग्यास वनेको इथाइलिन हो ।
४ गिनिज बुकको रेकर्ड अनुसार सबैभन्दा ठुलो अभोकाड़ो उत्पदान गर्ने अमेरिका हवाईका किसान
पÞmेलिसिड्य्ड पसलो हुन्।उक्त अभोकाडोको तौल साढे दुइ किलो रहेको छ ।
५ कोनकुइस्तदोर भन्ने व्यक्तिले अभोकाड़ो प्रयोग गरि रातो मसि बनाएका थिए ।
६ अज्टेकहरुले यसलाई मायाको फल भन्दछन ।
७ यो फल फाइबरले भरिपुर्ण हुन्छ ।
८ जनावरहरु पनि यो फल मंपरौछं ।
लेखक आफैपनि अभोकाडो कृषक हुन् ।