Transformed Youth. Empowered Leadership.

JCI POKHARA LOM CONVENTION & AGM
ARTICLES

कुशल नेतृत्वका लागि व्यक्तित्व विकास – सिनेटर नारायण शर्मा पूर्वअध्यक्ष (पोखरा जेसीज)

11 March 2019

विश्वमा मानवजातीले अस्तित्व राखेको धेरै वर्ष पछि वार्षिक पात्रो बनाएर आफूलाई व्यवस्थित गर्न खोजेको पनि एक्काइसौं शताब्दी भई सकेको छ । यस एक्काइसौ शताब्दीको हामी मानवजातिहरू व्यक्ति–व्यक्तिमा परिवर्तन भईसकेको छौं । व्यक्ति व्यक्तिको आ–आनो प्रयासले संसारलाई नै साघु¥याउन थालेका छौं, संसारलाई नै सञ्चारको संजालमाध्यमबाट एक बनाउनु खोजेको छौं । व्यक्तिको अ–समिती चाहनाको खोजी बाटनै आज संचार जगतले जुन फड्को मारेको छा । त्यो सञ्चार क्षेत्रमा लागेका व्यक्तिहरूको व्यक्तित्वलाई त्यस क्षेत्रमा नेतृत्वले दिएको लक्ष्यका आधारमा सम्भव भएको हो ।

व्यक्तिलाई आवश्यक पर्ने व्यक्तिगत उपयोगका सामाग्रीहरू आफैले उत्पादन गर्न सक्षम हुनु पर्दछ भन्ने हाम्रो सामाजीक मान्यतामा विस्तारै परिवर्तन हु“दैछ । व्यक्ति जुनसुकै क्षेत्रमा लागेको भएपनि व्यक्तिले आफनो व्यक्तित्व निर्माण गर्नु पर्दछ भन्ने सोचाई आम जनमानसमा आउन थालेको छ । व्यक्तिले आफ्नो व्यक्तिगत सिप अभिवृद्धिद्वारा लिएको विशेषता, अध्ययनबाट लिएको कार्य दक्षताको शक्ति, गरेका कार्यहरूबाट पाएको उत्कृष्टताको क्षमतालाई आंकलन गरी व्यक्तिको कुन क्षेत्रमा विशेषज्ञता हासिल गरी त्यस क्षेत्रमा आफनो छवि कायम गरी आफना व्यक्तित्व विकास गर्न सक्षम भएको छ त्यसमा चर्चा हुन थालेको छ ।

जुन व्यक्तिले कुनै पनि विषयमा समाज सकारात्मक देन दिन सकेको छ र त्यस विषयमा आफ्ना विचारहरूबाट समुदायको स्वरुप परिवर्तन गराउन हरपल क्रियासिल रहन सकेको छ भने त्यस व्यक्तिमा नेतृत्वको गुण विकास भएको हुन्छ । जब कुनै व्यक्ति आफनोे विचार अनुसारको उदाहरणीय बन्न सक्ने र त्यस विषयमा अरुलाई प्रेरीत गर्न सक्ने क्षमता राख्न सक्दछ भने त्यस व्यक्तिलाई नेतृत्व वहन गर्न सक्ने व्यक्तिको रुपमा हेरिन्छ । यदि कुनै व्यक्ति आफना उद्देश्यहरूलाई मुखरीत पार्दै आफ्ना भावनाहरू र मान्यताहरूमा आफू वरपर का व्यक्तिहरूलाई अगाडि बढाउन सक्ने कार्य प्रदर्शन गर्न सक्षम हुन्छ भने त्यस्ता व्यक्तिहरूको नेतृत्व मान्न तयार हुन्छौं ।

नेतृत्व र व्यक्तित्वका विषयमा धेरै अन्यौल र मतभेदहरू देखिन्छन् । व्यक्तित्व र नेतृत्व एक हुन वा होइनन् ? भन्ने विषयमा विचारकहरू पनि एकमत हुन सकिरहेका छैनन् । नेतृत्व प्राय निर्वाचित नै हुन्छन् भन्ने मान्यताले गर्दा यस्तो भएको हो जस्तो लाग्दछ मलाई । नेतृत्व जुनसुकै व्यक्तिले पनि जुनसुकै स्थलमा जुनसुकै कार्यमा पनि लिन सक्दछ । चाहे त्यो राम्रो नराम्रो तरीका, प्रजातन्त्रीक, तानाशाही हुन्छ बहादुर शैली होस् या सदस्यहरूले मनपराउन नपराउन उ नेतृत्वमा रहन सक्दछ । तर व्यक्तित्व फरक हुन्छ । व्यक्तिको व्यक्तित्व निर्माण भएको कुरा स्वयं व्यक्तिलाई पनि थाहा नहुन सक्दछ । व्यक्तित्व निर्माणका लािग व्यक्तिलाई दशकौको समय लाग्न सक्दछ तर नेतृत्व लिन व्यक्तिले क्षणभरमा पनि सक्दछ । यसर्थ व्यक्तिमा नेतृत्व विकास र व्यक्तित्व विकास हुने प्रक्रिया फरक फरक ढंगबाट संचालित हुन्छन् ।

नेतृत्वका माथि उल्लेख गरिएका कुराहरूमा नेतृत्वका गुणहरूको विकास गर्न सक्ने, नेतृत्व वहन गर्न सक्ने र नेतृत्व लिन सक्षम व्यक्ति बारेमा हामीले समाजमा धेरै व्यक्तिहरू देखेका छौं । उनीहरू नेतृत्वमा यी ३ विधामा पारड्डत पनि छन् । तर तिनीहरू किन नेतृत्व लिन सक्दैनन् वा नेतृत्व लिन हिच्कीचाउदछन् । हामी कहा“ नेतृत्व प्रदान गर्न सक्ने संघ संस्थाको कमी भएजस्तो पनि लाग्दैन तर प्रयास नेतृत्वको खरेडी रहन्छ किन ? यो एउटा सधै मन खाइरहने प्रश्न हो । यस प्रश्नको आम नागरीकलाई पनि बेला बेलामा सोच्न बाध्य बनाउदछ । यसको लागि हामीले व्यक्तित्व युक्त नेतृत्व व्यक्ति नदेख्नु नै मुख्य कारण तत्व हो ।

कुनै पनि क्षेत्रमा लागेको व्यक्ति कुशल हुनुपर्दछ भन्ने कुरामा हामीले बारम्बार सुन्दै आएको ज्ञानका कुरा हो । व्यक्ति कुशल नबनेसम्म कुशल समाजको निर्माण हुन सक्दैन, कुशल समाजको निर्माण नभइकल कुशल नेतृत्व प्रदान गर्न सकिदैन । कुशल नेतृत्वका लागि कुशल व्यक्ति र कुशल समाजको परिकल्पना गर्दा पनि फेरी व्यक्तिको व्यक्तित्वमै फर्किनु पर्दछ । व्यक्तिमा निहीत असीमित प्रतिभाका भण्डारलाई समुदाय सामु अगाडी ल्याएर व्यक्तिको प्रतिभा प्रस्फुटित गराउनु नै व्यक्तित्व निर्माणको प्रथम चरण हो । व्यक्तित्व विकासका माध्यममा लागेको व्यक्तिले नै व्यक्तित्व विकासमा अवसर र चुनौतीहरू प्राप्त गर्दछन् । व्यक्तिले आफनो व्यक्तित्व निर्माणको क्रममा चालेको प्रयासबाट व्यक्ति स्वयंलाई त फाइदा पुग्दछ नै त्यसभन्दा बढी समुदाय र समाजलाई फाईदा पुग्न पनि सक्दछ । समुदायमा पुग्न सक्ने फाईदा र सेवाका आधारमा व्यक्तिको व्यक्तित्व मापन गरिन्छ । व्यक्तिद्वारा स्थापित कार्यक्षमताको स्तरनै व्यक्तिको व्यक्तित्व स्थापीत हुने क्रम हो ।

जब व्यक्तिमा व्यक्तित्व स्थापीत हुने क्रम शुरुवात हुन्छ तब मात्र उसमा कुशल नेतृत्व लिन सक्ने क्षमता क्रमीक सुधार हुन थाल्दछ । नेतृत्वका सिपहरू नेतृत्वका प्रकारहरू, नेतृत्वका शैलीहरू, नेतृत्वमा हुनुपर्ने गुणहरू, एवं नेतृत्वले दिन सक्ने असिमित सुधारका क्षेत्रहरू पहिचान र कार्य सम्पादन गर्न दिन सक्ने व्यापक अवसरहरू कुशल व्यक्तित्व भएका व्यक्तिहरूबाट मात्र दिन सक्दछन् । नेतृत्व एक प्रयोगात्मक सिप हो भने व्यक्तित्व व्यक्तिमा रहने गुण र सिपको विकासको गुणात्मक विशेषज्ञता हो । कुशल नेतृत्वका लागि पूर्ण नेतृत्व दिन सक्ने क्षमता भएको व्यक्ति आवश्यक पर्दछ जुन आवश्यकतालाई पुरा गर्न व्यक्तित्व विकासका माध्यमबाट प्रयोग, उपयोग र चेतना अभिवृद्धि कार्यमा सबैलाई समाहित गराउन सक्ने व्यक्तिद्वारा मात्र सक्दछन् । यसर्थ कुशल नेतृत्वका लागि व्यक्तित्व विकास अपरिहार्य भएको हुन्छ ।

Leave a Reply