पोखरा जेसीजको ४५ अौ शाखा अधिवेशन तथा ५० अौ बार्षिक साधारण सभा सम्पन्न भएको छ। २०८१ मंसिर ७ गते शुक्रवार तदनुसार नोभेम्वर २२ २०२४ का दिन पोखरा ६, लेकसाईड स्थित क्रिस्टल महलमा उद्घाटन भएको अधिवेशन मंसिर ८ गते पोखरा जेसीजको सचिवालय पोखरा ११, रानिपौवा, पुरानोधारामा बर्ष २०२५ को नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।

पोखरा जेसीजका अध्यक्ष जेसी देवराज शर्माज्यूको अध्यक्षता रहेको उद्घाटन समारोहमा गण्डकी विश्वविद्यालयका कुलपति प्रो. डा गणेशमान गुरूङ प्रमुख अतिथि रहनुभएको थियो । उद्घाटन सत्रमा नेपाल जेसीजका पुर्ब राष्ट्रिय अध्यक्ष सिनेटर महेश राज दाहाल, पोखरा उधोग बाणिज्य संघ कास्कीका उपाध्यक्ष उत्तममान बज्राचार्य, महासचिब शोभा गौतम, पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला , महासचिब गोकर्ण अधिकारि, पोखरा जेसीजका पूर्व अध्यक्षहरू, जेसीआई पोखरा फाउण्डेशनका अध्यक्ष, छिमेकी शाखा पोखरा लेडी जेसीजका अध्यक्ष गायत्री फुयाल, लेखनाथ जेसीजका अध्यक्ष प्रकाश राइभाट, बिभिन्न बिधालय र सामाजिक संघसस्थाहरूका अध्यक्ष तथा प्रतिनिधिहरू, मिस पोखरा २०२४ का बिजेता श्रीष्टि खड्का, रनर अप रेखा गैरे र जेसिका बि घिमिरे, मिस पोखरा २०१८ का बिजेता सारा बजिमय र रनर उप सुजित केसीको उपस्थिति रहेको थियो।

यसै बर्ष नब निर्बाचित पोखरा चेम्बर अफ कमर्स कास्की को टिम र पोखरा चेम्बर अफ कमर्स कास्कीको टिमलाइ बाधाई सहित सम्मान समेत प्रदान गरेको थियो।

सोहि अवसरमा यस बर्ष ४० बर्ष पुरा गरि उमेर हदबन्दि काट्ने पोखरा जेसीज बर्ष २०१८ का अध्यक्ष सिनेटर शिब सुबेदी, बर्ष २०२३ का अध्यक्ष गणेश गिरि र सदस्य दुर्योधन खड्कालाइ कदर पत्र मार्फत सम्मान समेत गरेको हो।


पोखरा जेसीजले सो सन्धर्भमा बर्ष भारि उत्कृष्ट कार्य गर्ने पोखरा जेसीजका सदस्य बिबेक सापकोटा, मुकेश आर्याल, राजकुमार बोहोरा र रबिन पौडेललाइ अवार्ड प्रदान गरेको थियो भने पोखराका सामुदायिक बिद्यालय, अमरसिंह, शिताल्देबी, जनप्रिय, सरसावती टिका, शिवशक्ति माबि का यस इ इ र कक्षा १२ मा उत्कृष्टहुने बिध्यर्थिहरुलाइ समेत पुरस्कृत गरेको थियो। सोहि अबसरमा पोखरा जेसीजले स्थापना गरेको मणिज्योति आधारभूत बिद्यालयका जेहेन्दार ५ जना बिद्यार्थी लाइ समेत नगद र शैक्षिक सामग्री सहित छात्रवृति समेत प्रदान गरेको हो।
नियमित साधारण सभा का कार्यक्रमहरु सहित दोस्रो दिनको बन्द सत्रमा पोखरा जेसीज बर्ष २०२५ का लागि जेसी भाईराज रानामगरको अध्यक्षतामा ३७ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत निर्वाचित गरि ४५ औ शाखा अधिबेशन तथा ५० औ बार्षिक साधारण सभा सम्पन्न भएको हो ।



Leave a Reply
You must be logged in to post a comment.