वक्तृत्वकला प्रतियोगीता सम्बन्धि विवरण तथा प्रक्रिया :
गण्डकी युवा वक्ता–२०२४ (Gandaki Youth Speaker-2024) बक्तृत्वकला प्रतियोगिता समाजमा रहेका युवाहरु भित्र अन्तर्निहित वाककलाको प्रष्फुटन तथा प्रस्तुतिकरण गर्ने मञ्चको रुपमा पोखरा जेसीजले सन् २०१९ बाट संचालन गर्दै आईरहेकोमा यस बर्ष यस कार्यक्रमको छैटौ संस्करण सम्पन्न हुन गईरहेको छ । बिशेष गरी गण्डकी प्रदेश स्तरिय प्रतियोगिताको रुपमा गण्डकी प्रदेश भित्रका १६ बर्ष देखी ४० बर्ष भित्रका उमेर समूहका युवाहरुको सहभागिता रहने गरि निम्न अनुसारका कार्यक्रम बिवरण सहित उल्लेखित नियमहरु पलना गर्ने गरी यस प्रतियोगिता संचालन गरिने छ ।
१. | प्रतियोगिता गण्डकी प्रदेश भित्र रहेका १६ बर्ष देखी ४० बर्ष भित्रका उमेर समूहका कम्तिमा पनि कक्षा १२ अध्ययनरत वा सो भन्दा उपल्लो शैक्षिक योग्यता हासिल गरेका युवाहरुको सहभागिता रहने गरि संचालन गरिनेछ । |
२. | सहभागिताका लागि खुला रुपमा नाम दर्ता गर्न सकिनेछ भने कुनै बिद्यालय वा संघ संस्थाको तर्फबाट समेत सहभागी हुन सकिनेछ । एउटै संस्थाको तर्फबाट १ जना महिला र १ जना पुरुष गरी बढीमा २ जना सम्म मात्र प्रतियोगी सहभागी गराउन सकिनेछ । यदि प्रतियोगी बिद्यालय वा संघ संस्थाको तर्फबाट सहभागी हुने भएमा नाम दर्ता गर्दा सम्बन्धित बिद्यालय वा संस्थाको औपचारिक सिफारिस पत्र र विद्याथीको संस्थागत परिचय पत्र सहित आवेदन फाराम भरेर पोखरा जेसीजको सचिवालय वा पोखरा जेसीजको इमेल वा उल्लेख गरे बमोजिमको माध्यमबाट सम्पूर्ण कागजात पठाउनु पर्नेछ । यदि प्रतियोगीले आफुलाई पोखरा जेसिज बाहेक पाएक पर्ने लम्जुङ्ग, गोर्खा, ब्यासनगर, शुक्लागंडकि, लेखनाथ, पोखरा लेडी, वालिंग, पर्बत , बाग्लुंग र म्याग्दी जेसिज को सचिबालय वा सम्बन्धित शाखाले ब्यबस्थापन गर्ने प्रथम चरणको छनौट प्रतियोगितामा सहभागी हुन सक्नेछन। |
३. | प्रतियोगितामा दुई चरणको छनौट प्रकृया रहने छ । पहिलो चरण : अडिसन राउण्ड ; पोखरा जेसिज, लम्जुङ्ग, गोर्खा, ब्यासनगर, शुक्लागंडकि, लेखनाथ, पोखरा लेडी, वालिंग, पर्बत , बाग्लुंग र म्याग्दी जेसिजको सचिबालय वा तोकियको स्थान। दोश्रो तथा अन्तिम प्रतिस्पर्धा : फाइनल राउण्ड : पोखरा जेसिजको सचिबालयको विभिन्न स्थानबाट बिजयी बिजेताहरुबीच अन्तिम प्रतिस्पर्धा |
४. | पहिलो चरण : माथि उल्लेखित शाखाहरुमा · शिर्षक प्रथम चरण :”दिगो बिकासका लागि युवा नेतृत्व” (Youth Leadership for Sustainable Development) पहिलो छनौट चरणमा सम्पूर्ण प्रतियोगीहरुले सो चरणका लागि दिईएको शिर्षकमा सम्बन्धित शाखा वा स्थानमा गई प्रतिस्पर्धा गर्नु पर्नेछ। · पहिलो छनौट चरणबाट बिजयी प्रतियोगी लाइ मात्र दोश्रो चरणको प्रतियोगितामा सहभागी गराइनेछ। · उत्कृष्ट प्रतियोगीहरुको भिडियो पोखरा जेसीजको वेबसाईट वा सामाजिक संजाल मार्फत प्रकाशन गरिनेछ। |
५. | दोश्रो तथा अन्तिम प्रतिस्पर्धा · शिर्षक अन्तिम चरण : “दिगो बिकासका लागि युवा नेतृत्व” “ Youth Leadership for Sustainable Development” ·पहिलो चरणबाट छनौट भएका उत्कृष्ट प्रतियोगीलाई अन्तिम प्रतिस्पर्धामा सहभागी गराईनेछ । · सम्बोधनका लागि पनि अङ्क छुट्टयाइएको छ । · अन्तिम प्रतिष्पर्धामा विभिन्न शाखाबाट बिजयी उत्कृष्ट प्रतियोगीहरुको प्रस्तुती प्रत्यक्ष रुपमा निर्णायक तथा दर्शक माझ गराईनेछ । |
६. | आवेदन फारम अनलाईन भर्नु पर्नेछ ।फारम भर्नको लागी माथी दिइएको Register Now Button मा क्लिक गर्नुहोस । |
प्रतियोगीले पालना गर्नु पर्ने नियमहरु
१. वक्ता औपचारिक पोशाकमा उपस्थित हुनु पर्नेछ ।
२. वक्ताले नेपाली र अंग्रेजी भाषा मध्ये कुनै एक भाषामा मात्र आफ्नो प्रस्तुती राख्नुपर्नेछ ।
वक्ताले आफ्नो परिचयपत्र (नागरिकता वा लाईसेन्स वा अन्य कुनै उमेर खुल्ने आधिकारिक प्रमाण पत्र) आवेदन सहित अनिवार्य बुझाउनु पर्नेछ ।
३. कुनै पनि धर्म, जात, भाषा, लिङ्ग, संम्प्रदाय, भड्काउने, व्यक्ति वा देशको विरुद्ध अपशब्द वा आरोप लाग्ने आपत्तिजनक शब्दावली वा भाषा प्रयोग गर्न पाइने छैन ।
४. प्रतियोगीतामा सहभागी वक्ताले प्रथम चरणमा ५ मिनेट र अन्तिम चरणमा ५ मिनेट भित्र नै आफ्ना अभिव्यक्तिहरु राख्नुपर्नेछ र मुल्याङ्कनका लागि पनि समय आधार रहनेछ ।
५. प्रतियोगी वक्ताले कार्यक्रमको निर्धारित समय भन्दा कम्तिमा ३० मिनेट अगाडि आयोजकलाई सम्पर्क गर्नुपर्नेछ ।
६. प्रतिष्पर्धाका लागि प्रतियोगी भौतिक रुपमा उपस्थित हुनु पर्नेछ ।
७. प्रतियोगीता सम्बन्धि विषयमा कुनै विवाद सृजना भएमा आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
प्रतियोगिता कार्य तालिका
क्र.स. | कार्य योजना | मिति र समय | स्थान |
१ | प्रतियोगी रजिष्ट्रेशन | २०८१ बैशाख १६ गते, साझ ५ बजे सम्म | अनलाईन वा प्रत्यक्ष |
२ | अभिमुखीकरण | २०८१ बैशाख १७ , साझ ५ बजे | अनलाईन मार्फत |
३ | |||
४ | प्रथम चरणको उत्कृष्ट प्रतिस्पर्धी छनौट | २०८१ बैशाख १९ गते दिउसो २ बजे | प्रत्यक्ष |
५ | अन्तिम चरणको प्रतियोगिता | २०८१ बैशाख २५ गते, दिउसो २ बजे | पोखरा जेसीजको सचिवालय, पुरानोधारा, पोखरा ११ |
अन्य केही जानकारी लिनुपर्ने भएमा कार्यक्रम संयोजक जेसी अनन्त प्रधानाङ्ग (९८५६०८२८११), भाइराज राना मगर (९८५६०३७१३०) वा मुल संयोजक जेसी श्री कृष्ण सुनार (९८४६०८२८५०) लाई सम्पर्क गर्न सकिनेछ अथवा इमेल [email protected] वा [email protected] मा इमेल गर्न सक्नु हुनेछ ।